भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र शाह



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनु पर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा सन्देश जारी गरी पूर्वराजा शाहाले वर्ष बदलिँदा हर्ष पनि बढ्नु पर्ने उल्लेख गर्दै भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनु पर्ने बताएका हुन् ।

उनले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको उल्लेख गरेका छन्।