भारतमा कोरोनाबाट दुई हजार पाँच सय भन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु



भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ । अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् ।


संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५२२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । नयाँ सङ्क्रमित मध्ये एक हजार ८३ जना दिल्ली प्रदेशका मात्रै रहेका छन् । यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको ५७.३७ प्रतिशत हो ।