बुटवलमा सटर फोडेर चार सय तोला सुन चोरी



बुटवल । बुटवलमा सोमबार रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ ।

बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरगहना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रूपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।


सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको लगायतको काम थालेका थिए । प्रहरीले घटनामा उनीहरूको संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेको छ ।