नेपाललाई त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि



काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले उपाधि श्रृंखलाका सबै खेल जितेर उपाधि हात पारेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पीएनजीलाई १६९ रनको चुनौती पेस गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजी १६.२ ओभरमा ११८ रनमै समेटियो।