झापाका दुई सदस्य निर्विरोध निर्वाचित



झापा । झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएकी मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध निर्वाचित भएकी छन् । उनी दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।