काठमाडौँको धारामा आजदेखि मेलम्चीको पानी



काठमाडौँ । मेलम्चीको पानी काठमाडौँका धारामा पुनः आउन सुरु गरेको छ ।

यसअघि पनि पानी वितरण सुरु गरिए पनि मेलम्चीमा आएको भीषण बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि वितरण बन्द भएको थियो । मुहान सफा गरेपछि मेलम्चीकाे पानी यहाँ  पुनः वितरण गरिएको हो ।


खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वानेश्वरस्थित पानी वितरण केन्द्रबाट सो क्षेत्रमा विहानदेखि पानी वितरण गरेका हुन् ।