काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने



काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।

समितिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेका लागि सरेको जानकारी दिए ।


बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितुिरमा बस्ने भएको छ । शनिबार बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।