काठमाडाैँ । नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा तालमेल हुने भएको छ ।
बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको हो ।
देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायत पाँच बुँदे सहमति भएको हो ।