अपडेट : ३५ हजार २२१ पदमा एक लाख चार हजार १२३  उम्मेदवारी दर्ता



काठमाडाैँ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार राति ११ बजेसम्म एक लाख चार हजार १२३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा दुई हजार ७४४ र उपप्रमुख पदमा एक हजार ६९९ उम्मेदवारी परेको छ ।


गाउँपालिकाको अध्यक्षको पदमा दुई हजार ९४१, उपाध्यक्ष पदमा दुई हजार २३ र वडाअध्यक्ष पदमा २५ हजार ६४ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, महिला सदस्य पदमा १७ हजार ४६७, दलित महिला सदस्यमा १५ हजार ६९७  र सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।