८८ वटा रूसी विमान ध्वस्त पारेकाे युक्रेनकाे दाबी



रुसले युक्रेनमाथि हमला गरेपछि युक्रेनी भूमिमा ८८ वटा विमान गुमाएको र रुसी पाइलटलाई गिरफ्तार गरेको युक्रेनले दाबी गरेको छ ।
युक्रेनी सेनाले यस्तो दाबी गरे पनि बीबीसीका अनुसार सोबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

रुसले घेराबन्दीमा पारेर चौतर्फि हमला गरे पनि दक्षिणपूर्वी शहर मेरिपोलमा युक्रेनी सेनाले प्रतिरोध गरिरहेको बताइएको छ । यस्तै, राजधानी किभ कब्जा गर्न किभको उत्तर पश्चिममा पर्ने इर्पिन शहरमा अत्याधिक मात्रामा रुसी सेनाले गोलाबारी गरेका छन् ।


यसअघि, रुसी सेनाले दुईहजार ३७ वटा युक्रेनी भौतिक संरचनालाई ध्वस्त पारेको बताइएको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभअनुसार ७१ कमाण्ड पोष्ट र सञ्चार केन्द्र, ९८ एन्टिएयरक्राप्ट मिसाइल प्रणाली र ६१ वटा राडार केन्द्र छन् ।

यस्तै, जमिनमा ६६ वटा विमान, आकाशमा १६ वटा विमान, ७०८ वटा ट्यांक, ७४ अध्याधुनिक रकेट रञ्चर, २६१ वटा तोप र मोर्टार, ५०५ वटा विशेष सैनिक गाडी र ५६ वटा सैन्य ड्रोनलाई रुसी सेनाले नष्ट गरेको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।