चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मङ्गलबार यूक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन् । प्रवक्ता झाओ लिजियानले यूक्रेन सङ्कटको सम्बन्धमा रूस र चीनबीचको सम्बन्धबारे हालै एक जना नाम नखुलेका अमेरिकी अधिकारीले गरेको आरोपको जवाफमा नियमित प्रेस ‘ब्रिफिङ’मा उनले उक्त भनाई राखेका हुन् ।
रूसले चीनबाट सैन्य र आर्थिक सहयोगको लागि अनुरोध गरेको र चीनले सहमति जनाएको तर त्यसलाई सार्वजनिक रुपमा अस्वीकार गर्ने सूचना दिएको भन्ने एक नाम नखुलाइएका अमेरिकी अधिकारीले बताएको भन्ने सूचना अमेरिकी सरकारले नेटो र केही एसियाली सहयोगीहरुमार्फत् पाएको भन्ने सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा कुनै सत्यता नरहेको उनले बताए ।
रुसले चीनसँग सैन्य सहयोग माग्न अस्वीकार गरेको उल्लेख गर्दै विसङ्गत सूचना सिर्जना गर्ने र फैलाउने जस्ता कार्य गैरव्यावसायिक, अनैतिक र गैरजिम्मेवार हुने हुँदा जिम्मेवार मुलुकले यसो गर्नु नहुने झाओले बताए । झाओले भने, “संयुक्त राज्य अमेरिकाले यूक्रेन संकटको विकासमा निर्वाह गरेको भूमिकालाई गहिरिएर विचार गर्नुपर्छ र यूक्रेनको स्थिति लाई कम गर्न ठोस प्रयास गर्नुपर्छ ।”