युट्युब, टिकटक लगायतका सामाजिक संजालमार्फत अनुसन्धान प्रभावित पार्ने काम नगर्न ब्यूरोको चेतावनी



काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाएको छ ।

प्रहरीको साइबर ब्यूरोले शुक्रबार सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । ब्यूरोले यस्ता कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।