बैंकिङ कसुरमा फरार बञ्जाडे पक्राउ



काठमाडाैँ । नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ मङ्सिर २१ को फैसलाअनुसार चार दिन कैद र रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बञ्जाडेलाई आज पक्राउ गरेको हो ।


अदालतको फैसलापछि फरार रहँदै आएका बञ्जाडेलाई काठमाडौँको थापागाउँबाट पक्राउ गरेको हो । पक्राउ बन्जाडेलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको महाशाखाले जनाएको छ ।