बारा कांग्रेस सभापतिमा यादव र सिन्धुपाल्चोकमा लामा निर्वाचित



बारा । नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका थिए । प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा निर्वाचित
नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी भएका छन् । उनलाई सोही पदका अर्का उम्मेदवार प्रेमध्वज लामाले समर्थन गरेका थिए । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार सभापति पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।