बलात्कार आरोपित एमाले सांसद बानियाँ निलम्बित



काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बनमा परेको छ ।

आजको बैठकमा सभामुख सापकोटाले बलात्कारसम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा परेकाले नेकपा (एमाले) का सांसद मोहन बानियाँलाई यही फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको जानकारी गराएका हुन् ।