निर्वाचनका लागि कल सेन्टर सञ्चालन



काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घटन गरेका हुन् । उद्घाटनसँगै टोल फ्री नम्बर ११०२ सहित कल सेन्टर सञ्चालनमा आएको छ।


आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकसाथ हुँदैछ । निर्वाचन अगाडि आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको हो।