देउवाले भने– गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, गठबन्धन नगरेर हुन्छ ?



काठमाडाैँ । काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावका गठबन्धन गर्नुको विकल्प नरहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताएका हुन् । 

कतिपय नेताले काँग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवाले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै देउवाले पहिला एक्लै लड्दा आफूले समेत बालबाल जितेको बताए । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार। गठबन्धन नगरेर हुन्छ ?’


केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको स्मरण गराए ।  देउवाले भने, ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौं भन्या । ए बाबा  पहिला धेरै साथीहरू  हारेका हैनन् र ?’

उनले पुरानो कुरा बिर्सेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । बैठकमा सभापति देउवाले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले ती कुरा सम्झिएर केही नहुने बताए । ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन,’ उनले भने, ‘त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’‘