दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी



दमाैली । तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।

भुपाल हार्डवर्यरबाट आइतबार विहान १० बजेबाट सुरु भएको आगो ज्योति जनरल सप्लायर्स हुँदै आसपासका करीव दुई दर्जन घरमा क्षति पुगिको छ ।


आगलागी नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।