तालमा डुबेर युवकको मृत्यु



कञ्चनपुर । बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर आज मृत्यु भएको छ ।

महेन्द्रनगरको बस पार्कस्थित होटलमा काम गर्दै आएका साउद वनभोज खान भीमदत्त नगरपालिका–९ स्थित कालिताल झरनामा गएका बेला नुहाउने क्रममा तालमा डुबेका हुन् ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार तालमा डुबेका साउदलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याउनेक्रमा मृत्यु भएको होे । साउदसँगै होटलका अन्य कामदारसमेत वनभोज खानका लागि कालिताल झर्ना क्षेत्रमा गएका थिए ।