टर्कीका राष्ट्रपतिद्वारा रुस –युक्रेन युद्ध अन्त्य गर्न आग्रह



टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई  युद्ध अन्त्य गर्नु आग्रह गरेका छन् ।

इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित शान्तिवार्ताले युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको सीएनएनले उल्लेख गरेकाे छ ।


सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनुअघि भएकाे भेटमा उनले अन्तरराष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव भएकाे बताएका हुन् ।

‘यस त्रासदीको अन्त्य गर्ने दुई पक्षमा निर्भर छ’, उनले जोड दिँदै भने, ‘द्वन्द्वको निरन्तरता कसैको हितमा छैन।’ यस वार्ताबाट ठाेस निचाेड निकाल्न उहाँले दुवै पक्षसँग अनुराेध पनि गरेका छन्

दुवै देशका नेताहरूकाे निर्देशन बमाेजिम भएकाे यस वार्ताबाट युद्धविराम गर्दै शान्ति स्थापना गर्न उनले जाेड दिए । यसअघि शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति एर्दोगानले छमा चारवटा विषयमा सहमति भैसकेकाे बताएका थिए ।

युक्रेन नाटाेमा सामेल नहुने र युक्रेनमा रूसी भाषाकाे मान्यतामा सहमति भैसकेकाे छ । युक्रेनका राष्ट्रपति भाेलाेडिमिर जेलेन्स्कीले संविधान संशाेधन गर्नुपर्ने विषयमा एक्लेले निर्णय गर्नेभन्दा जनमत संग्रह गर्ने बताएका थिए ।

टर्कीले मार्च १० मा युक्रेन र रुसी विदेश मन्त्रीहरू बीचको पहिलो बैठक दक्षिणी टर्कीको शहर अन्टाल्यामा एक अन्तरराष्ट्रिय गाेष्ठीपछि आयोजना गरेको थियो।