चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता

lrlgofF ljb]zdGqLnfO{ labfO{ sf7df8f}F, !# r}t M g]kfnsf] lqlbj;Lo e|d0f ;DkGg u/L cfOtaf/ :jb]z kms{g] qmddf rLgsf] /fHokl/ifb\ ;b:o Pj+ ljb]zdGqL jfª oLnfO{ lqe'jg cGt/f{li6«o ljdfg:yndf labfO{ ub}{ k//fi6« ;lrj e/t/fh kf}8\ofn, lzi6frf/ dxfkfn 8f b'uf{axfb'/ ;'j]bLnufot k//fi6« dGqfnosf clwsf/L . tl:a/M /Tg >]i7÷/f;;


काठमाडाैँ । चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गरे ।


परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार यहाँ आइपुगेका थिए । नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेग्लाबेग्लै भेटेका थिए ।

भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनुका साथै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ समझदारीमा हस्ताक्षर गरेका थिए ।