चरित्र हत्या गरेको आरोपमा युट्युबर राहुल थापा पक्राउ



काठमाडाैँ । भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापालाई पक्राउ गरेको छ ।

पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेको आरोपमा गुल्मीका २१ वर्षीय राहुल थापालाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । उनलाई आइतबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहको ब्युरोले जनाएको छ ।


यस्तै, ब्युरोले आइतबार नै ललितपुर बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको छ । उनीमाथि नाबालिगको अश्लिल तस्बिर तथा स्ट्याटस राखेको आरोप छ ।