गठबन्धन निर्वाचनसम्म कायम रहन्छ : अध्यक्ष प्रचण्ड



राेल्पा । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनसम्मै गठबन्धन कायम राखिनुपर्ने बताएका छन् ।

सोमबार रोल्पामा आयोजित जनयुद्ध स्मृति भ्यू टावर उद्घाटन कार्यक्रममा उनले भने, ‘गत साल झण्डै प्रतिगमन हुने हो कि भन्ने खतरा पैदा भएको थियो । यसका लागि नयाँ खालको आन्दोलन गर्‍यौं ।’


तर, गठबन्धन टुटाउनका लागि देश भित्र र बाहिर धेरै चलखेल भएको र अहिले पनि यो जारी रहेको अध्यक्ष प्रचण्डले बताए । गठबन्धनलाई कायम राख्ने र आगामी निर्वाचनमा पनि नयाँ रेकर्ड बनाएर जानुपर्ने उनको भनाइ छ ।

शान्ती सम्झौता, पहिलो र दोस्रो संविधान सभाको निर्वाचनदेखि नै रोल्पाले आफ्नो पहिचान, विचार, नेतृत्वप्रतिको निष्ठालाई गुम्न नदिएको उनले बताए । आगामी निर्वाचनमा पनि प्रतिगमनलाई परास्त गर्न लाल किल्लाकोरुपमा रोल्पा कायम रहने उनले बताए ।

भ्यू टावरको निर्माणसँगै रोल्पाको ध्वंशको मात्रै होइन निर्माणको सन्देश देशैभरी सुनिएको पनि उनले बताएका छन् ।