१९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७६४१ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५९८१७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११९४९ पुगेको छ ।

हाल क्वारेन्टाइनमा ११० जना छन् भने आइसोलेसनमा ५,८७५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।