सुनामी र आणविक प्रकोपको एघार वर्षपछि जापानमा प्रार्थना



भूकम्प र सुनामीका कारण १८ हजार ५०० मानिसको मृत्यु र बेपत्ता भएको ११ वर्ष पुगेको छ । फुकुशिमामा विनाशकारी आणविक पग्लिएको ११ वर्षपछि जापानको उत्तरपूर्वमा मानिसहरूले शुक्रबार प्रार्थना गरेका छन् ।

उत्तरपूर्वी जापानमा मार्च ११ ,२०११ मा गएको ९.० म्याग्निच्युडको भूकम्प अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली मध्ये एक थियो । स्थानीय समयानुसार शुक्रबार २ः४६ अपराह्नमा सो विनासकारी भूकम्प र सुनामीमा ज्यान गुमाए व्यक्तिहरुप्रति सम्झना स्वरुपमा एक मिनेटको मौन धारण गरिएको थियो ।


जापानी टेलिभिजनले ठूला छालहरूबाट जोगाउनको लागि बनाइएको विशाल समुद्री पर्खालहरूमा उभिएका विद्यार्थीहरूले आशाको सन्देशसहित चित्रित चङ्गा उडाउँदा मानिसहरूले समुद्रतिर प्रार्थना गरिरहेको प्रत्यक्ष फुटेज देखाएका थिए । समुद्रमुनि भूकम्पले एक घातक सुनामी ल्यायो जसले सम्पूर्ण तटीय समुदायलाई तहसनहस बनाएको थियो ।

विपद्को एक दशकभन्दा बढी समय बितिसकेपछि सरकारले वार्षिक अनुष्ठानलाई समापन गरेको थियो । यसवर्ष ज्यान गुमाएकाहरूको सम्झनामा राज्यको अनुदानमा कुनै पनि राष्ट्रिय समारोह भएन । सुनामीले ध्वस्त पारेको तोहोकु क्षेत्रमा, व्यक्तिहरु बिहानै तटमा प्रार्थना गर्न भेला भएका थिए ।

स्थानीय टिभीले फुकुशिमाको नामी क्षेत्रमा अझै हराइरहेका मानिसहरूको वार्षिक खोजी गरिरहेको देखाएको छ । सुनामीमा आफ्नी बहिनी, ज्वाई र भतिजा गुमाएका माछा मार्ने सदाओ कोनले यो दिन मनाउनबाट बच्न प्रयास गरेको बताए । ‘

मेरो आफन्त मात्र मारिएनन्, मैले फायर ब्रिगेड नेताको रूपमा आफ्नो कर्तव्यको क्रममा धेरै पीडितहरू पनि देखें,“ उनले भने । ‘म जानाजानी त्यो दिनको बारेमा विशेष तरिकामा नसोच्ने प्रयास गर्छु । यो एक पीडादायी सम्झना हो जुन मैले सकेमा बिर्सनेछु,“ ६८ वर्षीयाले एक बृद्धले बताएकी छिन् ।