साउदी राजकुमार भोलि नेपाल आउँदै



काठमाडाैँ । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेकाे प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने छन् ।