![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर निर्वाचनमा खटिन निर्देशन दिएका छन् । बुधबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लै चुनावी मैदानमा उत्रिने भएकाले सांसद नेता जस्तो नभइ कार्यकर्ता जस्तो भएर घरदैलोमा पुग्न निर्देशन दिएका हुन् ।
ओलीको भनाई उदृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अध्यक्षज्यूले सांसदहरुलाई नेता जस्तो नभई, कार्यकर्ता जस्तो भएर जनताको घरदैलोमा पुग्न निर्देशन दिनुभएको छ।’
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
अध्यक्ष ओलीले पार्टीले स्थानीय तहको निर्वाचनमा साठीदेखि ७० सिटमा जित्ने दाबी गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा अन्याय हुन नदिने र चुनाव जित्नेबाहेक अरु उद्देश्य राख्न नुहने बताए ।
उनले भने, ‘जसले अहिले जितेर राम्रो काम गरिरहेका छन् उनीहरूलाई नै पहिलो प्राथमिकता दिने हो । कतै नराम्रो गरेकालाई बदमासी गरेकालाई परेछ भने गल्ती सच्याइँन्छ, कसैमाथि अन्याय हुन दिइन्नँ।’
उनले संसद अधिवेशन हठात अन्त्य गर्नुले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लम्ब्याउने र अदालत प्रयोग गरेर आफू अनुकूल काम गर्ने उद्देश्य लुकेको हुनसक्ने बताए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)