सनिशकाे ‘फलिङ फर यु’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुरस्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘डान्सिङ भर्सन’ को  यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा सङ्गीतबद्ध गरेका हुन् ।  जावेद खानले छायाङ्कन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ्को अभिनय छ । 


युवा पुस्ताले विशेष रुपमा मन पराउने अङ्ग्रेजी शब्दको समेत गीतमा प्रयोग गरिएको छ । नेपाली र अङ्ग्रेजी आधा–आधा प्रयोग गरिनु उपयुक्त नभएको प्रतिक्रिया  दर्शक स्रोताले दिएका छन् । म्युजिक भिडियोमा नेपाली र अङ्ग्रेजी दुवै बोलमा गीत प्रस्तुत गरिएको छ ।

लुपी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । प्रगति बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह–निर्माता छन्। निर्माण समूहले भिडियोलाई हेरेर र सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।