![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ताज पोल्यान्डकी क्यारोलिना बेइलावस्काले पहिरिएकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् ।
अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिर्याइन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनौट हुन सकिनन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)