रूसले कीभ, चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने



रसियाली रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमासैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार जानकारी गराएका छन् । रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्ने निर्णय गरिएका समय रूसको उक्त निर्णय सार्वजनिक भएको हो ।

टर्कीको इस्तानबुलमा भएको मस्को–कीभ शान्ति वार्ताको नयाँ चरणपछि फोमिनले यस्तो बताएका हुन् । मङ्गलबारको वार्तामा यूक्रेनको तटस्थता र गैर आणविक स्थितिका साथै यूक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनले बताएका छन् ।