राष्ट्रपति भण्डारीसँग चीनका विदेशमन्त्रीद्वारा शिष्टाचार भेट



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनु भएका चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् ।

तीनदिने नेपाल भ्रमणका क्रममा आइबार राष्ट्रपति भवन शितलनिवासमा उनले सो भेट गरेका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।