युक्रेनी शरणार्थी राख्नेलाई प्रतिमहिना ३५० पाउण्ड दिने बेलायतकाे घाेषणा



बेलायत सरकारले युक्रेनी शरणार्थीलाई हेरचाह गर्ने परिवारलाई प्रतिमहिना ३५० पाउण्ड (करिब ५४ हजार रुपियाँ) दिने घोषणा गरेको छ ।

दोस्राे विश्वयुद्धपछि सबैभन्दा बढी युरोपमा शरणार्थीहरु बढ्ने आशङ्का भइरहेकोमा बेलायतमा खाली भएका घर र खाली कोठा दिनेहरुलाई सो रकम दिने बताइएकाे हाे ।


बीबीसीद्वारा प्रकाशित समाचारमा ‘होम्स फर युक्रेनी’ अर्थात् युक्रेनीहरुका लागि घर भन्ने नयाँ स्किममा सरकारले युक्रेनी शरणार्थी राख्नेलाई सो रकम उपलब्ध गराइने उल्लेख छ ।

यो नीति अनुसार कम्तीमा छ महिनासम्म घर, कोठा वा सम्पत्ति दिने बेलायती परिवारलाई सरकारले रकम दिने बताइएको छ