युक्रेनलाई पाँच करोड डलरको क्षेप्यास्त्र अष्ट्रेलियाले दिँदै



अष्ट्रेलियाले युक्रेनलाई पाँच करोड डलर बराबरको सैन्य सहयोग गर्ने बताएको छ । मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले पाँच करोड डलर बराबरको घातक तथा गैर घातक सैन्य सहयोग अन्तर्गत युक्रेनलाई मिसाइल (क्षेप्यास्त्र) पठाउने बताएका हुन् ।

‘हामीले गोलीगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ’ उनले पत्रकार सम्मेलनमा भने । उनले मानवीय सहायता अन्तर्गत युक्रेनी सरकार र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई थप दुई करोड ५० लाख डलर बराबरको सहायता उपलब्ध गराउने बताए ।


रुसलाई आर्थिक रुपमा नाकाबन्दी गर्दै एक्ल्याउन अष्ट्रेलियाले सो सहयोग गर्न लागेको सीएनएनले उल्लेख गरेको छ ।