युक्रेनको कीभमा बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु



युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।

पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको “रेट्रोभिल” सपिङ मलको अगाडि छवटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।