म गठबन्धनको पक्षमा छैन : महामन्त्री थापा



काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने भएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका हुन् । ‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिन्न‚’ उनले भने ।


देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्नका लागि आग्रह गर्दा भविष्यमा उनीहरूले रुखमा भोट हाल्ने ग्यारेन्टी नभएको भन्दै गठबन्धन नगर्न आग्रह गरेका हुन् । ‘अहिले हसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’ उनले प्रश्न गरे ।