म्यादी प्रहरीका लागि भर्ना खुल्यो, यस्तो छ मापदण्ड र योग्यता



काठमाडौँ । प्रहरी प्रधान कार्यालयले स्थानीय तह निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गरी ४० दिनका लागि म्यादी प्रहरी भर्ना खुलाएको हो ।

म्यादी प्रहरीका लागि चैत ६ देखि ११ चैतसम्म आवेदन दिन सकिनेछ । यसका लागि कु्नै नैतिक पतन नदेखिएको र फौजदारी अभियोग नलागेको हुनुपर्नेछ ।


१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् । प्रहरी जवान सरह स्वास्थ्य मापदण्ड भएकाहरुलाई भर्ना हुनका लागि योग्य मानिनेछ ।