भीम रावललाई प्रधानमन्त्रीको प्रश्न : रक्षामन्त्री हुँदा एमसीसीको बारेमा थाहा थिएन ?



नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको चर्को विरोध गरेको भदै एमाले नेता भीम रावलको आलोचना गरेका छन् ।

सोमबार नुवाकोटको किस्पाङ गाउँपालिको प्रशासनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विगतमा एमालेको नेतृत्वमा सरकार हुँदा मन्त्रिपरषदबाट पास गरेर संसदमा एमसीसी लैजाँदा चुपचाप बसेको र अहिले भने सबैभन्दा बढी विरोधमा उत्रिएको भन्दै रावलको आलोचना गरेका हुन् ।


उनले भने,‘आफ्नै पार्टीको सरकारले मन्त्रिपरषदबाट पास गरेर संसदमा एमसीसी दर्ता गराउँदा भीम रावल के हेरेर बसे ?’ अहिले किन विरोध ? त्यतिबेला मन्त्रीबाट राजीनामा दिई बाहिर आएर विरोध गर्नुपर्थ्यो नि!’ प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले संसदमा ल्याएको एमसीसी प्रस्तावलाई आफूले पारित गरेको स्पष्ट पारे ।