![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेकासवारी साधनबीच बाटोमै रोकिएका छन् ।सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिइन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)