बिमस्टेककाे पाँचाैं सम्मेलनमा प्रधानमन्त्रीकाे सम्बोधन : दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्छ



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्कामा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) काे पाँचाैं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री देउवाले दिगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिए । उनले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राखे । उनले नेपाल कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको धारणा राखेका छन् ।


उनले दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताए ।

उनले बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले बिमस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि पहिलेजस्तै नेपाल प्रतिबद्ध रहेको धारणा दोहो-याए ।

उनले गौतम बुद्धको देश नेपालमा गौतम बुद्ध सर्किट निर्माण गरेर अग्रगामी र एकीकृत बिस्टेकलाई बनाउन सकिने धारणा राख्नदै भने, ‘हामीले बुद्धदर्शन (धर्म)लाई बलियो समन्वयात्मक शुत्रको रुपमा प्रर्वद्धन गर्नु आवश्यक छ ।’