प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः बस्नेत



पाेखरा । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न नवाैँ महाधिवेशबाट बस्नेत पुनःअध्यक्षमा निर्वाचित भएका हुन् ।

आगामी तीन वर्षे कार्यकाल रहेको सो अधिवेशनबाट उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । उक्त कमिटीको महासचिवमा हिरामान लामा र उपमहासचिवमा राजु सुवेदी र शुरोजवजङ्ग पाण्डे छानिएका छन् ।


सचिव पदमा प्रदेश नं १ को सचिवमा विक्रम लुईंटेल, मधेस प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिमबाट लोकसरी कुँवर चयन भएका हुन् । प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।

अधिवेशनले कूल १५१ सदस्यीय कमिटी गठन गरेको हो । त्यसैगरी १४ सदस्यीय अनुशासन आयोज, १७ सदस्यीय निर्वाचन आयोग र १५ सदस्यीय लेखा आयोग सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक रघु मैनालीले जानकारी दिए । फागुन २७ र २८ गते दुईदिने अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो ।