प्रधानमन्त्री देउवाले आज बिम्सटेकलाई भर्चुअल सम्बोधन गर्ने



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगिसकेका छन्।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिम्सटेकको चौथों शिखर सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।