पोलिश, चेक, स्लोभेनियाली प्रधानमन्त्रीहरू मंगलबार कीभमा



पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि मंगलबार कीभ पुग्नुभएको पोल्याण्ड सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ।

“यो भ्रमणको उद्देश्य युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली संघको स्पष्ट समर्थन पुष्टि गर्नु र युक्रेनी राज्य र समाजको लागि समर्थनको व्यापक प्याकेज प्रस्तुत गर्नु हो,” विज्ञप्तिमा भनिएको छ। –