‘पीर’को तीतो सत्यलाई स्वीकार गरौंः बाबुराम भट्टराई



काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रकाश सपुतको गीत ‘पीर’को समर्थन गरेका छन् । समामाजिक संजालमार्फत भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका हुन् ।

उनले गीतले जनयुद्धको विरोध नगरेको तर क्रान्तिको पीडा दर्शाएको बताएका छन् । उनले भनेका छन्, ‘ प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’


भट्टराईले हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् तीतो सत्यलाई स्वीकार गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तनपद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु–महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचार निम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्!तीतो सत्य स्वीकारौं;समाधान खोजौं । प्रकाश सपुतलाई नसरापौं!’