पार्टीमा कुनै तिक्तता छैन : डा कोइराला



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आज यहाँ आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, “नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन, कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो, आगामी चुनावसम्मका लागि होइन ।”


सिद्धान्त र विचार नमिल्ने कम्युनिष्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने भन्दै केन्द्रीय सदस्य डा कोइरालाले कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जिकिर गरे । उनले कांग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएकाले पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्छ भन्दै पार्टी पारदर्शी, उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिए ।