पछिल्लो २४ घण्टामा एक सयभन्दा कम सङ्क्रमित, मृत्यु शून्य



काठमाडौँ । नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७४४७ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप ३६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५८५५५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ६,९४७ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।