![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना दुई भातृ संगठनको तदर्थ समिति गठन गरेको छ । कांग्रेसले नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ्ग नियुक्त गरेको हो ।
गत फागुन ३ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
सोहीका आधारमा बुधबार देउवाले नेविसंघ र तरुण दलमा नेतृत्व चयन गरेका हुन् । तदर्थ समितिले स्थानीय, प्रदेश र संघको निर्वाचन सकिएको तीन महिनापश्चात अधिवेशन गरिसक्नुपर्ने कांग्रेसले जनाएको छ ।
![](https://nepalsamaj.com/wp-content/uploads/2022/03/125521441277244811_496572578668240_3176532997237348162_n.jpg)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)