काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने र कम्युनिष्टहरु भने टुक्राटुक्रा भएर सकिने बताएका हुन् । उनले कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बताएका छन् ।
भट्टराईले भनेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है ! कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार छ । कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेसी लोकतान्त्रिक धार हो ! जसपा त्यसको भ्रुण हो !’