तटस्थ राष्ट्र हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा युक्रेन



युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘तटस्थ राष्ट्र’ हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा रहेको बताएका छन् । उनले सो धारणा सार्वजनिक गर्दै उक्त कदम तेश्रो पक्षले मान्नुपर्ने र जनमत संग्रहमार्फत् अनुमोदन आवश्यतामा जोड दिए ।

‘सुरक्षा र तटस्थता, गैरआणविक क्षेत्रको रुपमा हाम्रो सम्प्रभुता– हामी त्यसमा केन्द्रीत हुन चाहन्छौँ, यो सबैभन्दा मुख्य कुरा हो ।’ राष्ट्रपति जेलेन्स्कीले रुसी पत्रकारहरुलाई भिडियो अन्तर्वार्ता दिँदै सो धारणा राखेका थिए ।


मस्कोले सो भिडियो सार्वजनिक नगर्न आग्रह गरे पनि स्थानीय मिडियाले बाहिर ल्याएको हो । रुसी सैन्य हमलामा चेचेन्यामा भएको क्षति भन्दा बढीरुसी भाषी युक्रेनी शहरहरुमा सबैभन्दा बढी क्षति भएको उनले सो भिडियोमा भने ।