![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको हो । दुई दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले मातहतका कमिटीलाई चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउन मातहतका कमिटीलाई निर्देशन दिएको हो ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तल्ला कमिटीलाई चैत मसान्तभित्रै उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइएको जानकारी दिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
उनका अनुसार वडाले पालिकालाई, पालिकाले जिल्लालाई, जिल्लाले प्रदेश, प्रदेशले केन्द्रलाई उम्मेदवार सिफारिसको काम चैत मसान्तभित्रै गरिसक्नुपर्नेछ । वडादेखि महानगरसम्म सबै तहका लागि कम्तीमा एकजना महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिइएको छ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)