केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने सत्ता गठबन्धनको निर्णय



काठमाडौँ । सत्ता गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकतावद्ध भएर निर्णय गरेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

महानगरपालिकाको निर्णय केन्द्रबाटै गर्ने र अन्य पालिकाका लागि स्थानीय कमिटीलाई निर्णय गर्न दिइने खनालले बताए। त्यसका लागि सबै दलको संयन्त्र बनाउने विषयमा समझदारी भएको उनले बताए । बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि खनालले जानकारी दिए।


त्यस्तै बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको प्रचण्डको सचिवालयले जनाएको छ ।